Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजावादी आन्दोलन : भाटभटेनीभित्र पसेर स्याउ, सुन्तला टिप्ने छुटे

राजावादी आन्दोलन : भाटभटेनीभित्र पसेर स्याउ, सुन्तला टिप्ने छुटे

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । चैत १५ गते राजावादीहरुले गरेको आन्दोलनका क्रममा भाटभटेनीमा तोडफोड हुँदा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भाटभटेनीबाट पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छाडेको हो ।

हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ ।

छुट्नेहरूमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल छन् ।

उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077