Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाराका नाकामा संगठित तस्करी मौलायो, एसपीले नै खटाए बदनाम घुमुवा !

बाराका नाकामा संगठित तस्करी मौलायो, एसपीले नै खटाए बदनाम घुमुवा !

मंगलवार , बैशाख २, २०८२


बारा । बारा जिल्लाका नाकाहरूबाट संगठित तस्करी मौलाएको छ। बाराका एसपी सन्तोष तामाङले घुमुवाहरू खटाएर तस्करीको लाइन खोलेको स्थानीयले बताएका छन्।

तस्करीमा घुमुवा प्रहरी जवान चन्दन यादबलाई एसपी तामाङले खटाएका छन्। सबै तस्कर समुहसँग उनै यादबले पैसा उठाउने गरेका छन् । 

सिम्रौनगढ नाकाबाट सन्दिप यादबले एक लाख, भोला गुप्ताले ८० हजार र अरबिन्द साहले ४५ हजार रुपैयाँ घुमुवालाई बुझाएका छन् ।

त्यस्तै, माटिअर्वाबाट वीरगञ्जका शत्रुभन यादबले राती १२ बजेदेखि बिहान ३ बजेसम्म ट्याम्पुमा कपडा तस्करी गर्दै आएको स्रोत बताउँछ । उनीसँग पनि घुमुवा प्रहरी चन्दनकै सेटिङ छ ।

कतिसम्म भने गाँजा तस्करी पनि सुरु गरिएको छ । घुमुवासँगकै सेटिङमा तेलगाइ गाउबाट भारततर्फ गाँजा तस्करी हुन थालेको छ । पछिल्लो समय गाँजा तस्करहरुका लागि बारा स्वर्णभूमि बनेको छ ।

घुमुवा प्रहरी चन्दनलाई यसअघिका मधेस प्रदेशका डिआइजी यज्ञविनोद पोखरेलले कारबाही गरेर गणमा सरुवा गरेका थिए । पछि उनी आर्थिक चलखेल गरी   पर्सा सरुवा भएका थिए । उनै चन्दनले अहिले बारामा राज चलाएका छन् ।

त्यस्तै, कवाडीगोठबाट फुल र माछाको तस्करी बढेको छ । सुरेन्द्र, सियाराम, अजय, भिम लगायत तस्करीमा संलग्न व्यक्तिहरुले यो नाकाबाट नियमित तस्करी गरिरहेका छन् ।

एसपी तामाङले बदनाम घुमुवा परिचालन गरेपछि उनीमाथि समेत प्रश्न उठेको छ । स्रोतका अनुसार चन्दनविरुद्ध प्रमाणसहित प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा उजुरी परेको थियो । तर, कारबाही रोक्न एसपी तामाङ आफैं सक्रिय रहेको स्रोत बताउँछ 

त्यसो त एसपी तामाङ सरुवा भएलगत्तै बारामा तस्करी बढेको थियो । पछिल्लो समय सबै नाकामा सेटिङ भएपछि त्यसको असर वीरगञ्ज भन्सारमा समेत देखिएको  छ ।

एसपी तामाङ यसअघि रसुवामा हुँदा सुन तस्करीमा समेत मुछिएका प्रहरी अधिकृत हुन् । बारामा पनि उनका गतिविधिमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077