Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सशस्त्रका एआईजी गौतम अनिवार्य अवकाशमा, आईजीपी अर्यालले गरे बिदाइ

सशस्त्रका एआईजी गौतम अनिवार्य अवकाशमा, आईजीपी अर्यालले गरे बिदाइ

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाश गएका छन् ।

मंगलबारबाट अवकाशमा गएका उनलाई प्रधान कार्यालय हलचोक स्वयम्भुममा आयोजित एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाइ गरेका हुन् ।

उनी सीमा सुरक्षा विभागमा कार्यरत रहेका थिए । नेपाली सेनामा भर्ना भएका गौतम डीएसपी पदमा सशस्त्रमा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पुरा गरेर उनि सेवा निवृत भएका हुन् ।

यस्तै सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई समेत बिदाइ गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077