Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

निलम्बित एमाले नेतृ पाण्डेलाई बालुवाटार बोलाएरै ओलीले गरे छलफल

निलम्बित एमाले नेतृ पाण्डेलाई बालुवाटार बोलाएरै ओलीले गरे छलफल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले बोलाएपछि मंगलबार दिउँसो पाण्डे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी हुन् । स्रोतका अनुसार पाण्डे र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

भेटमा ओलीले पाण्डेलाई पुरानो वर्षका तितामिठा कुराहरु विर्सेर पार्टीको काममा लाग्न आग्रह गरेको बताइएको छ । पाण्डेले जग्गादान स्वीकार्ने पार्टीको निर्णय गलत भएको बताएकी थिइन् ।

कुराकानीका क्रममा पाण्डेले पार्टीले गरेको भनिएको निलम्बनबारे चासो राखदै चिठी नै नपाएको बताएकी थिइन् ।

गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन र पूर्वउपाध्यक्ष डा।भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077