Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२५ करोड प्रकरण : दुई जनाविरुद्ध मुद्दा दायर, रकम र ट्रकसमेत जफतको माग

२५ करोड प्रकरण : दुई जनाविरुद्ध मुद्दा दायर, रकम र ट्रकसमेत जफतको माग

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत चैत ४ गते काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड प्रकरणमा दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले २०७४ सालमा सुन तस्करी मुद्दामा सजाय भुक्तान गरिसकेका कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा मंगलबार मुद्दा दायर गरेको हो । कुसाङ रकम बरामद भएको ट्रकका चालक हुन् भने पौडेल उक्त रकमका मालिक भएको बताइएको छ । पौडेल भने फरार नै छन् ।

नेपाल राष्ट्र बैंकले चैत ४ गते निर्धारण गरेको विनिमय दरअनुसार युरो र डलरको मूल्य नेपाली रूपैयाँमा २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ बराबर हुने उल्लेख गरिएको छ । विभागले सोही परिमाणको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

साथै, विभागले विदेशी विनिमय ऐनको दफा १७ अनुसार बरामद सम्पूर्ण विदेशी मुद्रा जफत गर्न र घटनामा प्रयोग भएको कन्टेनर ट्रक पनि जफत गर्न मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077