Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल

सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने हल्लाको अन्त्य भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्तापछि मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फ उनले यस्तो दाबी गरेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्रीसहितका नेताहरू प्रधानमन्त्री ओली र सरकारको आलोचनामा उत्रिएका थिए । त्यसपछि सरकार परिवर्तनको हल्ला चलेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका थिए ।

पोखरेलले नयाँ वर्ष सुरु भएसँगै सरकार परिवर्तनको हल्ला पनि अन्त्य भएको बताउँदै अब नीति, कार्यक्रम र बजेट तयारीको छलफलमा जुट्न आह्वान पनि गरेका छन् ।

उनले भनेका छन्, 'नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077