Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो ।

जसको कारण त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको विमानस्थलले जनाएको छ ।

हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।

अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077