धनगढी । माध्यमिक शिक्षा (एसईई) परीक्षाका बेला धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकले गोप्य अंग छोएको आरोप लागेको छ ।
परीक्षामा चिट चेकिङको बाहाना बनाएर पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा आफूसहित अन्य केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन् ।
किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकी थिइन् । बुधबार मात्र कैलाली प्रहरीसम्म सो उजुरी आइपुगेको छ । जिल्ला प्रहरी कार्यालयले उक्त उजुरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।
विद्यालयका शिक्षक र एसईईका बेला उक्त परीक्षा केन्द्रमा खटिएकाहरुसँग सोधपुछ गर्ने तयारी भइरहेको कैलाली प्रहरीले जनाएको छ । माध्यमिक शिक्षा (एसईई) परीक्षा गत चैत ७ गतेबाट सुरु भएको थियो ।