Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चारवटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

चारवटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

गौरीगोमालाई एक वर्ष र अन्यलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077