Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर्न सरकारलाई प्रचण्डको आग्रह

गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर्न सरकारलाई प्रचण्डको आग्रह

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन् ।

बिहीबार मधेस जागरण अभियानअन्तर्गत भैरहवा पुगेका बेला प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसकेकाले नियुक्ति हुन ढिलाई भएको दाबी गरे ।

उनले भने, ‘बिचौलियाहरूले कहिले कांग्रेसलाई पक्रेका छन्, कहिले एमालेलाई पक्रेका छन् । गभर्नर जस्तो पद देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण, संवेदनशील ठाउँ हो। हामीले गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर भनेका छौं । योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न भनेका हौँ ।'

साथै अहिलेको सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर निकाल्ने र आफूले भनेको काम गर्ने कर्मचारीलाई राजनीतिक भर्ती गर्न लागेको पनि उनले आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077