Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यले सातै प्रदेशका लागि इन्चार्ज तोकेको छ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशमा हरि ढकाललाई नियुक्त गरेको छ।

पार्टीले संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन यी इन्चार्जहरूले प्रदेश र जिल्ला तहमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077