Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आन्दोलनमय बन्दै नेपाल, स्थानीय तहका कर्मचारी पनि 'आन्दोलित' !

आन्दोलनमय बन्दै नेपाल, स्थानीय तहका कर्मचारी पनि 'आन्दोलित' !

शनिवार , बैशाख ६, २०८२

काठमाडौँ । स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएका छन् ।

स्थानी तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्त्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएपछि स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि आन्दोलन गर्ने जनाएको छ ।

सञ्जालका महासचिव दिपक सिंह धामीले जारी गरेको विज्ञप्तिमा आइतबार ७५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।

यस्तै सोमबार काठमाडौंमा भेला भएर दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ । माग पूरा नभए शुक्रबार काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरू गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल शिक्षक र आवासीय चिकित्सकहरू आन्दोलनमा रहेका छन् । उता राजावादी पनि आन्दोलन चर्काइरहेका छन् भने काउन्टरमा गणतन्त्रवादी पनि प्रदर्शन गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077