Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको चेतावनी – जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ

राजेन्द्र लिङ्देनको चेतावनी – जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोड्ने संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू जे गर्छौं भनेरै गर्ने गरेको बताएका हुन् ।

सरकारले निषेधित क्षेत्र नतोड्न राप्रपालाई चेतावनी दिएको छ । त्यसअघि लिङ्देनले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएका थिए । उनले आज हुन लागेको आन्दोलन सरकारले तोकेको सीमाभित्र होइन कि आफूहरुले गरेको निर्णय बमोजिम हुने बताए ।

उनले भनेका छन्, “ आज राप्रपाले गर्ने प्रदर्शन भनेकोः भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।

जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077