Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राप्रपाका सांसद धवल शमशेर हाजिरी जमानीमा रिहा

राप्रपाका सांसद धवल शमशेर हाजिरी जमानीमा रिहा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई हिजो बेलुकी रिहा गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ ।

धवलशमशेर क्यान्सरका बिरामी हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिइएको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077