Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्ववियु सचिव जितेका शाही प्रहरी जवानको नक्कली परीक्षार्थी !

स्ववियु सचिव जितेका शाही प्रहरी जवानको नक्कली परीक्षार्थी !

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका एकजना नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु चुनाव जितेका व्यक्ति रहेको खेलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन् ।

उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सचिव पदमा विजयी भएका थिए ।

शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाहीसहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077