Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

न्यायाधीश नियुक्तिमा रस्साकस्सी, आज पुनः न्याय परिषद् बैठक बस्दै

न्यायाधीश नियुक्तिमा रस्साकस्सी, आज पुनः न्याय परिषद् बैठक बस्दै

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज बस्दैछ । आइतबार कुनै सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेको थियो । तर बैठकमा न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो ।

यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न सकेको थिएन ।

हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077