Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रेडक्रस दाङका पूर्वअध्यक्षले आफैंमाथि गोली चलाए

रेडक्रस दाङका पूर्वअध्यक्षले आफैंमाथि गोली चलाए

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । दाङमा एक व्यक्तिले आफैंमाथि गोली चलाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएर उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।

प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077