काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।
तीनकुने घटनापछि फरार भएका प्रसाईको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।
अपरेशन डाइरेक्टर डा.अञ्जली कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको बताइएको छ ।