Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सर्वेन्द्रले छाडेपछि सशस्त्रका पुर्वआईजीपी लागे एमालेको राजनीतिमा

सर्वेन्द्रले छाडेपछि सशस्त्रका पुर्वआईजीपी लागे एमालेको राजनीतिमा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी नेकपा एमालेको राजनीतिमा लागेका छन् । उनी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध भएका हुन् ।

संगठनको शनिबार सम्पन्न छैंटौं अधिवेशनले उनलाई भेटरान कमिटी आयोगको अध्यक्षमा चयन गरेको हो । केसी करिब दुई साताका लागि मात्र सशस्त्र प्रहरीको आईजीपी भएका थिए ।

एआईजी हुँदा सधैंभरी उनको आईजीपी शैलेन्द्र खनालसँग टक्कर थियो । आईजीपी भएको दुई सातामा तडकभडक देखाएका उनले ३० वर्षे सेवाहद हटाएर जागिर लम्बाउने प्रयास गरे पनि सफल भएनन् ।

अवकाशको तीन वर्षपछि उनी पार्टीको आड लागेका हुन् । नुवाकोट घर भएका केसी प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र मानिन्छन् ।

कतिपय भने अकुत सम्पत्ति जोगाउनका लागि पनि उनी राजनीतिमा लागेको हुनसक्ने बताउँछन् । यसअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पनि एमालेको राजनीतिमा लागेका थिए ।

तर, पछिल्लो समय उनी एमालेबाट टाढिएर स्वतन्त्र अभियानमा लागेका हुन् । पूर्वडीआईजी नवराज सिलवाल भने एमालेकै राजनीतिमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077