Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कक्षा १२ को परीक्षा केही दिन स्थगित गर्ने तयारी

कक्षा १२ को परीक्षा केही दिन स्थगित गर्ने तयारी

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना बढेको छ ।

शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने तयारी गरेको हो ।

सम्भवतः मंगलबार बिहान ८ बजे बस्ने बोर्डको बैठकले परीक्षा सार्ने तयारी गरेको हो । केही दिनको लागि सर्ने सम्भावना रहेको स्रोत बताउँछ । उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसके पनि केन्द्राध्यक्ष भने काठमाडौंमै छन् ।

यदी भोलीबाट आन्दोलन रोकियो भनेपनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्न समय लाग्ने छ । परीक्षा स्थगित हुँदा तयारीमा रहेको झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077