Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि...

खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि...

सोमवार , बैशाख ८, २०८२

कास्की । आफूलाई प्रहरी उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।

आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू प्रहरीको डीएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीसँग अभद्र व्यवहार गरेको उनीमाथि आरोप छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पौडेलले आफू प्रहरी भएको भन्दै बारमा धाकधम्की दिएको मात्र नभई, मागअनुसारको खानेकुरा खाइसकेपछि पैसा नतिर्ने प्रयास गरेका थिए ।

घटनालगत्तै पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077