Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

मंगलवार , बैशाख ९, २०८२

एजेन्सी । हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी भावना नियन्त्रण, विश्वविद्यालय प्रशासनमा सुधार र विविधतालाई अभिवृद्धि नगर्ने जस्ता कार्य गर्न आफूले दिएको निर्देशनलाई हार्वर्ड विश्वविद्यालयले अस्वीकार गरेको भन्दै संघीय सरकारमार्फत दिइने २.२ अर्ब डलरको डलरको रकम (कोष) रोक्का गरेको थियो ।

विश्वविद्यालयको करमुक्त (कर नलाग्ने) स्ट्याटस माथि पनि चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077