Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज नेपाल आउँदै यूएईका परराष्ट्रमन्त्री

आज नेपाल आउँदै यूएईका परराष्ट्रमन्त्री

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान मंगलबार नेपाल आउन लागेका हुन् ।

उनी चार्टर्ड विमानबाट मंगलबार बेलुका नेपाल आइपुग्नेछन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले दुई दिने भ्रमण सकाएर बुधबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077