काठमाडौं । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक दिपक थापा उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरू र उनीहरूको परिवारजनलाई गुणस्तरीय आँखा उपचार सेवामा सहज पहुँच प्रदान गरिनेछ ।
साथै यस सहकार्यबाट दुवै संस्थाबीच जनशक्ति तथा विशेषज्ञताको आदानप्रदान, क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन, र आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै रोकथामका उपायहरू अबलम्बन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
आईजीपी थापाको उपस्थितिमा सम्पन्न उक्त समझदारी आजैदेखि लागू हुनेछ ।