Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवराज सुवेदीमाथिको नजरबन्द हट्यो, नियमित काममा फर्किए

नवराज सुवेदीमाथिको नजरबन्द हट्यो, नियमित काममा फर्किए

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटेको छ ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि उनी घरमै नजरबन्दमा परेका थिए ।

तर सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरीको निगरानी आजदेखि हटेको जानकारी गराएका हुन् । आफू समितिको नियमित काममा फर्किएको उनले बताए ।

“चैत १५ देखि म चौबीसै घण्टा प्रहरी निगरानीमा थिएँ। आजबाट यो निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको कार्यमा फर्किएको छु,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077