Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षक महासङ्घद्वारा कक्षा १२ को परीक्षा बहिष्कार

शिक्षक महासङ्घद्वारा कक्षा १२ को परीक्षा बहिष्कार

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षासहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने निर्णय गरेका हुन ।

‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ,‘त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’ 

सरकारले भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077