काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे अनावश्यक चिन्ता नलिन आग्रह गर्दै १५ महिनापछि सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले भने, “किन आतिएको ? पर्ख न, १५ महिना पर्ख, पर्ख मेरो राजीनामा आउँछ।”
ओलीले आफूविनाको एमाले र एमालेविनाको नेपालको कल्पना गर्नेहरूको मनसाय राम्रो नभएको टिप्पणी गर्दै मिसन २०८४ मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्प दोहोर्याए ।