काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनका कारण केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि उक्त परीक्षा ११ वैशाखदेखि सुरु हुने भनिएको थियो ।
आज मंगलबार बिहान मात्रै बोर्डले शिक्षकले नमाने निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।