काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
उनले केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा बसेर कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारीजस्तो कुरा गर्न लागेको बताए ।
खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको दाबी गरे । शिक्षकहरूको माग पूरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको उनले बताए ।