Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

तराई मधेस जागरण अभियानले माओवादीलाई ऊर्जा प्राप्त भयो : उपमहासचिव पोखरेल

तराई मधेस जागरण अभियानले माओवादीलाई ऊर्जा प्राप्त भयो : उपमहासचिव पोखरेल

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दिएको बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अभियानको उपलब्धिबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले अभियान सफलतापूर्वक सम्पन्न भएको र यसले सकारात्मक सन्देश दिएको बताए ।

‘अभियानमा जनताले आफ्ना कुरा सुनाए, हाम्रो नेतृत्वले जनतालाई हाम्रा कुरा सुनायो,’ उनले भने, ‘यसले हामीलाई ऊर्जा प्राप्त भएको छ।’ उनले अभियानले जनतासँग नयाँ सम्बन्ध स्थापित गरेको बताए।

अभियानका क्रममा जनताका समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताबाट धेरै माया र स्नेह पाएको बताए। हुलाकी राजमार्ग क्षेत्रका जनता सुविधा र सुरक्षा खोजिरहेको उनले बताए।

हुलाकी राजमार्गभन्दा दक्षिणका जनतामा आधारभूत सेवा सुविधा नपुगेको बताउँदै पोखरेलले सीमाको रक्षा गर्ने सच्चा देशभक्त जनताका कुरा केन्द्रीय सरकारले बुझ्नुपर्ने आवश्यकता रहेको बताए।

गत फागुन १२ देखि माओवादीले झापाबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर बुधबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077