Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - नीति तथा कार्यक्रम प्रतिफलमुखी छ

योगेश भट्टराई भन्छन् - नीति तथा कार्यक्रम प्रतिफलमुखी छ

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिएको बताए। उनले शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रुपमा विकास गर्ने नीतिमा आएको दाबी गरे।

१२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्वरोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको बताए । स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रममा जोड दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077