काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको बताइएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।