काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बस्न लागेको हो ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ ।
यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने बताइएको छ ।