Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शेखर कोइरालाले भने – बाध्यतामा एमालेसँग मिल्नु परेको छ

शेखर कोइरालाले भने – बाध्यतामा एमालेसँग मिल्नु परेको छ

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिल्नु परेको बताएका छन् ।

प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन् ।

उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’

पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।

गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाए।

यो सरकारले सुशासन दिँदै नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077