Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहायक हवल्दारलाई चट्कन हान्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

सहायक हवल्दारलाई चट्कन हान्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

बुधवार , जेठ १, २०८२

काठमाडौं । काठमाडौंको नागढुङ्गामा कार्यरत सहायक हवल्दारमाथि हातपात गरेको आरोपमा ट्राफिक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

बुधबार बिहान नागढुङ्गा प्रहरी प्रभाग परिसरमा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले आरोपित इन्स्पेक्टर साहलाई तत्काल जिम्मेवारीबाट मुक्त गरी छानबिन प्रक्रिया अघि बढाएको हो ।

भिडियोमा निरीक्षक साहले मोबाइल हेर्दै खड्कालाई कुटपिट गरेको देखिन्छ । हवल्दार खड्का प्रहरी वृत्त थानकोटमा कार्यरत छन् ।

गाडी चेकजाँचको विषयमा यसरी कुटपिट गरेको घटनाले प्रहरीकै बेइज्जत भएको छ । कुनै गल्ती गरेमा विभागीय कारबाही गर्नुपर्नेमा सडकमै कुटपिट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077