Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इन्स्पेक्टरद्धारा जवान कुटपिट प्रकरण : छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन

इन्स्पेक्टरद्धारा जवान कुटपिट प्रकरण : छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नागढुंगामा एक ट्राफिक प्रहरी निरीक्षकले ड्युटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा गठन गरिएको समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एक निरीक्षकसहित पाँच जना सदस्य छन् । समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले सोही प्रभागमा कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेका थिए ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निरीक्षक साहलाई जिम्मेवारीमुक्त गरिएको छ । रानीपोखरी प्रहरी कार्यालयका अनुसार समितिको छानबिन प्रतिवेदनका आधारमा आवश्यक विभागीय कारबाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077