Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

परिवार नै संगठित चोरीमा संलग्न, ‘कट्टप्पा’सहित पाँचजना पक्राउ

परिवार नै संगठित चोरीमा संलग्न, ‘कट्टप्पा’सहित पाँचजना पक्राउ

शुक्रवार , जेठ ३, २०८२

कास्की । कास्की प्रहरीले संगठित चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, शांखे घर भएका २६ वर्षीय सुवास बिक उर्फ ुकट्टप्पाु, उनका ठूला बुवाका छोरा २३ वर्षीय विमल बिक, सुवासका मामा स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भई हाल पोखरा महानगरपालिका–१०, गौरीमार्गमा बसोबास गर्ने ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोरा गणेश सुनार (२२), र सुरेश बिक (३३) रहेका छन् ।

गणेश तनहुँको शुक्लागण्डकी–११, दुर्गे निवासी हुन् भने सुरेश स्याङ्जा पुतलीबजार–९, काल्खु घर भई हाल पोखरा महानगरपालिका–२ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाको वडा नं. २६, ३०, ३१, ३२ लगायतका स्थानहरूमा भएका चोरी घटनाहरूको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले पोखराका ९ स्थान र तनहुँका ३ स्थान गरी कुल १२ वटा घरमा चोरी गरेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार, पक्राउ परेकाहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका गरगहना, करिब २४ तोला बराबरको चाँदीका गरगहना, चोरीमा प्रयोग गरिएको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर बरामद गरिएको छ ।

उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077