Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ । 

न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा सोही दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा छन्।

सर्वोच्चको आदेशसँगै अब उनी हिरासतमुक्त हुनेछन् ।

मिश्रमाथि राज्य विरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव  मुद्दामा प्रहरीले अनुसन्धान चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077