Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कामदार हत्या आरोपमा दम्पती पक्राउ

कामदार हत्या आरोपमा दम्पती पक्राउ

शुक्रवार , जेठ ३, २०८२

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी पक्राउ परेका हुन् ।

गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जंगलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।

हत्या आरोपित दम्पतीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा ती दम्पतीले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आरोपित दम्पतीले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटना लुकाउन शव जंगलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077