Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलालीबाट ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ

कैलालीबाट ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ

शुक्रवार , जेठ ३, २०८२

कैलाली । कैलाली जिल्लाको टिकापुर क्षेत्रबाट खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।

शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–१ निवासी ३० वर्षीय छत्र साउद, जानकी गाउँपालिका–८ भगरैया निवासी २७ वर्षीय दुर्गा प्रसाद चौधरी र टिकापुर नगरपालिका–१ वनगाउँ निवासी ३१ वर्षीय संजिप चौधरी रहेका छन्।

कैलाली प्रहरीका अनुसार, शुक्रबार टिकापुर नगरपालिका–१ को नयाँबस्तीस्थित सडक खण्डबाट ५ ग्राम २० मिलिग्राम र कान्छिबजारस्थित सडक खण्डबाट थप ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077