Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

धनुषाको वाटरल्यान्ड पार्कमा विद्यार्थीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनुषाको वाटरल्यान्ड पार्कमा विद्यार्थीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शनिवार , जेठ ४, २०८२

धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा कक्षा-१२ का विद्यार्थीहरूबीच झडप भएको छ । झडपसँगै पार्कमा तोडफोड समेत भएको छ ।

पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छुटमा सेवा दिने घोषणा गरेको थियो। उक्त अफरको फाइदा उठाउँदै एकैपटक ठूलो संख्यामा विद्यार्थीहरू पार्क पुगेका थिए ।

भीड अत्यधिक भएपछि नुहाउने पालो तथा स्थानका विषयमा विवाद उत्पन्न भएको र त्यही विवादले झडपको रूप लिएको बताइएको छ ।

झडपका क्रममा विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका थिए। त्यसपछि अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।

घटनास्थलमा हाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077