Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

युवकले गरे दुई महिलामाथि खुकुरी प्रहार

युवकले गरे दुई महिलामाथि खुकुरी प्रहार

शनिवार , जेठ ४, २०८२

बैतडी । स्थानीय युवकद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई महिला घाइते भएका छन् ।

पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए । धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए ।

घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ । दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077