Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हनी ट्र्यापमा पारेर पाँच लाख असुल्ने दुई युवती पक्राउ, ठमेलमा बोलाएर बनाएका थिए अश्लिल भिडियो

हनी ट्र्यापमा पारेर पाँच लाख असुल्ने दुई युवती पक्राउ, ठमेलमा बोलाएर बनाएका थिए अश्लिल भिडियो

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्र्यापमा पारेर पाँच लाख रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् ।

उनीहरूमाथि सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।

ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान बढाएको थियो ।

प्रहरीका अनुसार उनीहरुले सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएका थिए ।

अन्तिममा उनीहरूले ५ लाखको चेक काट्न बाध्य पारी लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई हिजो साँझ हनुमानस्थानबाट पक्राउ गरेको हो ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077