Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ

तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ

बिहिवार , जेठ ९, २०८२

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनीटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७, गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासीको बर्दघाट सुस्ताको गैँडाकोट नगरपालिका–१२, हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो ।

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077