Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डीआईजी बढुवामा आर्थिक चलखेलको आशंका !

डीआईजी बढुवामा आर्थिक चलखेलको आशंका !

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिस विवादमा परेको छ । बरिष्ठताका नाममा बदनाम अधिकृतहरुलाई मात्र बढुवा सिफारिस गरिएपछि प्रहरीमा असन्तुष्टि बढेको छ ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसएसपीलाई बढुवा सिफारिस गरेको थियो । जसमा नौ जना राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु छन्। जसमध्ये अधिकांश कारबाहीमा परेकाहरु छन् ।

बढुवा सिफारिस भएकामध्ये दिपक रेग्मीविरुद्ध त उजुरी नै परेको छ । अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्धसम्बन्धि उनको भिडियो नै सार्वजनिक भएको थियो । जसमा उनीमाथि छानविन समेत भएको थियो । उनै रेग्मीलाई डीआईजी बनाइएको छ ।

त्यस्तै, एसएसपी सुरेन्द्र गुरुङ पटक–पटक कारबाहीमा परेका अधिकृत हुन्। गोरखामा हुँदा जुवाको पैसा खाएको आरोपमा उनी हटाइएका थिए। मकवानपुर हुँदा पनि गाँजा तस्करीको सेटिङ मिलाएर कमाएका थिए ।

बिनोद घिमिरे पनि कमजोर व्यवसायिक क्षमता भएका अधिकृतका रुपमा चिनिन्छन् । उनको व्यक्तिगत आचरण पनि विवादमा पर्दै आएको छ ।

बढुवा सिफारिस भएका दिलिपसिंह देउजा कार्यालयमै मदिरा पिउने अधिकृतका रुपमा बदनाम छन्। जयराज सापकोटा कमजोर कार्यक्षमता भएका मानिन्छन् ।

संजीव शर्मा दास रामेछापमा हुँदा सुन्तली तामाङको बलात्कारपछि हत्या घटनाका आरोपीलाई जोगाएको आरोपमा कारबाहीमा परेका थिए। दिपक बस्नेत, माधव श्रेष्ठ पनि कार्यक्षमतामा कमजोर मानिन्छन् ।

यस्ता बदनाम अधिकृतहरुलाई मात्र बढुवा गरेपछि गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको छ । बढुवामा ११२ को टोलीका क्षमतावान अधिकृतहरू थिए। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली ११२ को टोलीबाट बढुवा गर्नुपर्ने पक्षमा थिए ।

तर, गृहमन्त्री लेखकले सिनियारिटीका नाममा बदनामहरूलाई बढुवा गरेर लाभ लिएका छन् । डीआईजीमा बढुवामा ठूलो आर्थिक चलखेल भएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

बढुवाको अन्तिम दिन केही एसएसपीहरू आर्थिक संकलनमा लाग्नु र उनीहरु नै बढुवा हुनुले बढुवामा चलखेल भएको प्रष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077