Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मेयर नेपालीलाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मेयर नेपालीलाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

बिहिवार , जेठ ९, २०८२

कास्की । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णजंग शाहको इजलासबाट जारी आदेश अनुसार धरौटी माग गरिए पनि मेयर नेपालीले हालसम्म धरौटी बुझाएका छैनन् ।

धरौटी नबुझाएपछि अदालतले उनलाई नियम अनुसार थुनामा राख्न आदेश दिँदै सम्बन्धित निकायमा पत्र पठाएको छ ।

हाल नेपाली बागलुङ कारागारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा राख्न आदेश दिएको थियो ।

उनीविरुद्ध कास्की अदालतमा पनि इमेज सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077