Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’

‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले भिजिट भिषामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने गरेको घुस काण्डबारे गम्भिर खुलासा गरेका छन् ।

एरपोर्टभित्र हुने गरेको घुस काण्डबारेअ आफूले अनुसन्धान थालेपनि तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै रोकेको दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भिजिट भिषा प्रकरणका क्रममा आएको दबाब, धम्की र सरुवासम्मको विवरण सार्वजनिक गरेका हुन्।

अनुसन्धान गर्दाको फाइल र भिडियो नै सार्वजनिक गर्दैै उनले यस्तो यस्तो गम्भिर आरोप लगाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरेका उनले भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करको गिरोहले आफ्नो सरूवासमेत गराएको खुलाएका हुन् ।

उक्त प्रकरणमा प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो।

उनका अनुसार २०८० असोज १९ गते १६४१ वटा राहदानीसहितको शंकास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो ।

त्यसबेला डीएसपी पन्थी ८ नं. पिलरको नेतृत्व गरिरहेका थिए । जसले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरू हेर्थ्यो । प्रारम्भमा कागजातहरू ३ नं. पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदाँ एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई जिम्मा दिइएको थियो ।

पन्थीले नेतृत्वको टोलीले अनुसन्धान गर्दा नक्कली कागजात बनाउने, काम ल्याउने दलाल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, अध्यागमन कार्यालय, श्रम विभाग र प्रहरीका केही अधिकारीसमेतको संलग्नतामा संगठित तस्करी भइरहेको पुष्टि भएको थियो ।

अनुसन्धानको क्रममा २० जना दलाल, २० वटा ट्राभल एजेन्सी, ८ कन्सल्टेन्सी र विभिन्न पदका सरकारी कर्मचारी र नेतासहित ३७ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूमाथि मानव तस्करी, किर्ते र संगठित अपराधको मुद्दा दायर पनि भयो ।

पन्थीका अनुसार यो मुद्दालाई संगठित अपराधअन्तर्गत लैजान सरकारी वकिलसँग समेत नोकझोँक गर्नुपरेको थियो ।

उनले लेखेका छनन्–‘यस प्रकरणको अनुसन्धानकै क्रममा मलाई अख्तियारमा १६ पृष्ठ लामो उजुरी हाल्ने धम्की पनि दिइयो । प्रहरी संगठनभित्रको सहयोग र एसएसपी राठौरको दृढताले अनुसन्धान सफल भए पनि त्यसपछि दबाब बढ्दै गयो ।’

अनुसन्धान भइरहेकै बेला आफ्नो सरुवाका लागि नेपाल प्रहरी र राजनीतिक नेतृत्वकै उच्च तहबाट हस्तक्षेप भएको उनले बताए ।

पन्थीले विमानस्थल अध्यागमनका कर्मचारीले गृह मन्त्रालयका अधिकारीको पनि सङ्लग्नता मानव तस्करी गरेको बताएका छन् । त्यसका लागि दैनिक डेढ करोडदेखि २ करोड रुपैयाँसम्म लिने गरेको कुरा आफूले अनुसन्धानकै क्रममा बोलेको पनि स्मरण गराएका छन् ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन र तत्कालीन आइजीपी वसन्त कुँवरको जोडबलमा आफ्नो सरुवा गरिएको पन्थीको दाबी छ ।

हालका आईजीपी दीपक थापाले आफ्नो सरूवा रोक्न कोसिस गरे पनि माथिको दबाबका कारण असमर्थ भएको पनि उनले खुलाएका छन् ।

पन्थीले नारायणकाजी बाहिरिएपछि आएका गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेर आफ्नो सरुवाबारे जानकारी गराएको पनि उल्लेख गरेका छन्।

उनले स्टाटसमा लेखेका छनन्–‘सरुवा कसरी भयो ? किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनेर बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको नामका आधारमा तत्कालीन आईजीपी वसन्त कुँवरको जोडबलमै भएको बुझिएपछि एसएसपी सोमेन्द्र राठौर रोक्न हालका आईजीपी (तत्कालीन मेट्रो प्रमुख दीपक थापा) लाई भन्दासमेत माथिको आदेश भनियो, जसकारण सरुवा रोकिएन । ‘तत्काल गृहमन्त्री फेरबदलपछि मैले गृहमन्त्री रवि लामेछानेलाई एउटा पत्र लेखे । जसकारण मेरो सरुवा कानून त रोकिएन, किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यहीँ काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु ।’

पूर्व डिएसपी पन्थीले साच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्ने बताएका छन् ।

आयोग गठन गरिएको खण्डमा एकाद बाहेक अधिकांश गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानूनी कठघरामा उभिने उनको दावी छ । अहिले सहसचिव तिर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकोले हिम्मत गर्नुपर्ने उनको भनाई छ ।

अख्तियार प्रमुखलाई इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको बताउँदै उनले यो विषयमा सुक्ष्म र निस्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित रहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077