Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरी भएपछि

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरी भएपछि

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाल बैंक सप्तरी शाखाका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ ।

बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारी छन् ।

उनलाई इलाका प्रहरी कार्याल लहानको टोलीले पक्राउ गरेको हो ।

जेठको ९ गते राति १२ः२९ बजेको समयमा खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंकमा कार्यरत सेक्युरेटी गार्ड प्रमोद चौधरी र पर्शुराम चौधरी निदाएको समयमा उनीहरूको कोठाबाट बन्दुक लगायतका सामानहरू चोरि भएको हो ।

उनीहरू निदाइरहेको समयमा अन्सारीले १२ बारको एक नाले बन्दुक, २० राउण्ड गोली, २ थान खुकुरी, कम्युटर, डिजिटल तराजु लगायत चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गार्ड ब्युझँदा सामानहरू नभएपछि राति नै बैंकका गार्डले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले उक्त घटना सञ्चार सेटमार्फत रिले गरेको थियो भने घटनाबारे छिमेकी जिल्ला सिरहाको प्रहरीलाई पनि खबर गरिएको थियो ।

सिरहाकै टोलीले राति पौन ४ बजेतिर उनलाई लहानस्थित हस्पिटल चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीले उक्त हतियारहरू नेपाल बैंकबाट करि ५ सय मिटर पश्चितर्फको झाडीमा लुकाएको खुलेपछि बरामद गरेको छ । उनले ती हतियार किन चोरे भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077