Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

२० हजार घुससहित मालपोतका खरिदार पक्राउ, अन्य दुईजना पनि समातिए

२० हजार घुससहित मालपोतका खरिदार पक्राउ, अन्य दुईजना पनि समातिए

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

जग्गाको मोठ भिडाउने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित कार्यालयको निर्देशनमा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

खरिदार पाण्डेले लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुनमार्फत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस माग गरेको पुष्टि भएपछि उक्त रकम तिवारी रेष्टुरेन्टका सञ्चालक घनश्याम तिवारीमार्फत लिई राखेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी शान्ती पुन र रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई कोहलपुर नगरपालिका–११ स्थित तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । उनीहरुमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077