Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संगठित अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन कटिबद्ध छौँ : एसएसपी थापा

संगठित अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन कटिबद्ध छौँ : एसएसपी थापा

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले संगठित अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन प्रहरी कटिबद्ध रहेको दाबी गरेका छन् ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सञ्चारकर्मीहरूसँग साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने एवम् पीडितलाई न्याय दिलाई पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रहरी थप संवेदनशील रहेको बताए ।

व्यवसायिकतालाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल प्रहरी संगठन संवेदनशील रहेको उनको भनाइ छ ।

सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रममा एसएसपी थापाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिनामा नेपाल प्रहरीद्वारा सम्पादित प्रमुख कार्यहरू, उपलब्धि र चुनौतीबारे विस्तृत जानकारी दिएका थिए ।

साक्षात्कारको क्रममा एसएसपी थापाले मानवस्रोत विकास, स्रोतसाधन व्यवस्थापन, नयाँ प्रहरी इकाईहरूको माग, अस्थायी प्रहरी पोस्टहरूमा कार्यरत जनशक्ति र इकाईगत संरचनाको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरे ।

उनले अपराध अनुसन्धानतर्फ देशभरका प्रदेशअनुसार कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, बैंकिङ कसूर, लागूऔषध, साइबर अपराध, मानव बेचबिखन, बालबालिका खोजतलास र घरेलु हिंसा सम्बन्धी मुद्दाहरूको तुलनात्मक विश्लेषण प्रस्तुत गरेका थिए ।

यसबाहेक अन्तर्राष्ट्रिय समन्वयका सन्दर्भमा एनसीबी काठमाडौंले गरेका कार्यहरूको जानकारी, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, राजस्व योगदान, नागरिकसँगको सम्बन्ध तथा सूचना प्रवाहबारे पनि विस्तृत जानकारी दिइएको थियो ।

एसएसपी थापाले प्रहरीको सक्रियता र नागरिकको प्रहरी प्रतिको विश्वासमा वृद्धि भएसँगै उजुरी दिने दर बढेको तथ्याङ्कले देखाएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक थापाले संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरूबीच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077